ब्रा खरिद गर्दा युवतीले गर्ने ८ गल्ती

ब्रा खरिद गर्दा युवतीले गर्ने ८ गल्ती

केन्द्रबिन्दु
6
Shares

केन्द्रबिन्दु डेस्क । ५ साउन, काठमाडौं ।

युवतीहरू आफ्ना आउटफिट्स छनोटमा निकै चुजी हुन्छन् । तर, जतिसुकै फिटिङ्स आउटफिट प्रयोग गरे पनि शरीर सुहाउँदिलो हँुदैन । किन ?

यसमा अक्सर उनीहरूले एउटै गल्ती गरिरहेका हुन्छन्, इनर वेयर । कमसल वा शरीरसँग असुहाउँदो इनर वेयर लगाएपछि जस्तोसुकै आउटफिट पनि पर्फेक्ट देखिँदैन ।
खासगरी युवतीहरू ब्रा खरिद गर्दा यस्तो गल्ती गरिरहेका हुन्छन् । ब्राकै कारण उनीहरूको छातीको सेप पनि मिल्दैन ।

गल्ती १
कप साइजअनुसार ब्रा खरिद – युवतीहरू कपको साइजअनुसार ब्रा खरिद गरिरहेका हुन्छन् । तर कपको साइज बदलिरहन्छ । हरेक कम्पनीअनुसार साइज अलग–अलग हुन्छ । त्यसैले ब्रा खरिद गर्दा फिटिङ बदलिन्छ ।

गल्ती २
साइजभन्दा सानो ब्रा पहिरिनु– कसिलो ब्रा पहिरिनु वा एकै साइजको ब्रा लामो समयसम्म लगाउनु पनि ठूलो गल्ती हो । यसले कपडाको फिटिङ्समा त असर गर्छ नै, स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । त्यसैले ब्रा खरिद गर्दा सही साइज नै छनोट गर्नुपर्छ ।

गल्ती ३
ब्रालाई कसिलो गरी बाँध्नु– युवतीहरू ब्रालाई कसिलो गरी बाँध्छन् । यसले छालामा रातो दाग पर्ने र सुतेको समयमा असहज हुने हुन्छ ।

गल्ती ४
स्टाइलको चक्कर– अक्सर युवती स्टाइलिस ब्राको चक्करमा परेर आफ्नो स्वास्थ्यलाई नोक्सान पु¥याइरहेका हुन्छन् । कटनको ब्रा लगाउनाले आरमदायक हुन्छ र फिटिङ पनि हुन्छ ।

गल्ती ५
सबै पहिरनमा एकै खाले ब्रा– सबै किसिमको पहिरनमा एकनासे ब्रा लगाउनु पनि सही होइन । टी–सर्ट, ब्लाउज, लो डीप नेकसँग भिन्दाभिन्दै खाले ब्रा प्रयोग गर्नुपर्छ ।

गल्ती ६
दिन रात ब्रा लगाउनु– कति युवती हर दिन र राती पनि ब्रा लगाइरहेका हुन्छन् । रातको समयमा ब्रा लगाउनु स्वास्थ्यका लागि हानिकार हुने चिकित्सकको भनाइ छ ।

गल्ती ७
कपडामा कन्डिसनर प्रयोग– कतिपय युवती ब्रा धोइसकेपछि कन्डिसनरको प्रयोग गर्छन् । यसले छालामा एलर्जीको खतरा बढाउँछ ।

गल्ती ८
कमसल गुणस्तर– सस्तोको चक्करमा फसेर कतिले कमसल ब्रा खरिद गर्छन् । यस्तो ब्रा फिटिङ्स हुँदैन ।

 

 

Logo