काठमाडौँ, १ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ

राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ

केन्द्रबिन्दु
१ श्रावण २०७४, आईतबार
0
Shares

काठमाडौँ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । 

देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भएको हो । अब दुवै पक्षले आआफ्नो अडान त्यागेर लचिलो हुन तयार भएपछि विवाद उत्कर्षतर्फ नभई समझदारीतर्फ मोडिएको छ । 

पार्टीका प्रवक्ता भुवन पाठकले देशभरका कार्यकर्ताको परिश्रमले निर्माण भएको पार्टीको एकता कुनै पनि हालतमा टुट्न दिन नहुने बताउँदै पार्टीका दोस्रो तहका नेताले दुवै पक्षको त्रुटिलाई मूल्याङ्कन गरी नयाँ समझदारी कायम गराउने गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

पछिल्लो पटक पार्टी अध्यक्ष कमल थापाले एकपक्षीय रुपमा ४२ केन्द्रीय सदस्य नियुक्ति गरेको भनी नेता पशुपतिशम्शेर जबरा पक्षधरले पार्टीको एकता निर्माणमा चुनौती रहेको दृष्टिकोण सार्वजनिक गर्दै आएको थियो । पार्टीको विधानअनुसार १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा पछिल्लो सदस्य थप भएपछि अब १५२ केन्द्रीय सदस्य छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेलामा विभिन्न तहका नेताले गरेको प्रयत्नपछि तत्काललाई देखिएको विभाजनको चुनौती अन्त्य भएको छ । असन्तुष्ट पक्षको सिफारिसमा ११ केन्द्रीय सदस्य बनाउन सकिने सम्भावना पनि छ । 

एकता महाधिवेशन सम्पन्न भएको करिब छ महिनासम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता प्राप्त गर्न नसकेको तथा जनवर्गीय संगठनको स्थापना हुन सकेको थिएन । अवसरवादी चरित्र भएका नेताले समय समयमा गुट÷उपगुट बदल्ने समस्याले निष्ठावान् कार्यकर्ताले आफ्नो पार्टीमा मूल्यांकन नभएको महसुस गरेको पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो । 

असन्तुष्ट पक्षका नेता ठाकुरप्रसाद शर्माले केन्द्रीय कार्यसमितिको बैठक अगावै आन्तरिक समस्यालाई समाधान गरिने बताउँदै पार्टीलाई एकताबद्ध बनाएर आगामी चुनावमा सशक्त भूमिका निर्वाह गर्न विभिन्न तहमा बैठक बसिरहेको जानकारी दिनुभयो । यही साउन ४ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । 

पार्टीले रचनात्मक र राजनीतिक गतिविधि समयसापेक्ष सञ्चालन गर्न नसकेपछि कार्यकर्ताको मनोविज्ञान नकरात्मक हुने भनेर असन्तुष्ट पक्षले पार्टीले शुक्रबार आयोजना गरेको काठमाडौँ उपत्यका कार्यकर्ता भेलामा सहभागिता जनाएको थिएन । व्यवस्थापिका–संसद्मा सो पार्टीका ३७ सदस्य छन् । रासस 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने नेपाल उद्योग परिसंघ भनाई

ट्रकको ठक्करले पर्वतमा २ जनाको मृत्यु, तनहुँमा ६ जना घाइते

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग १६ अर्ब रुपैयाँ ऋण लिने सम्झौता

नेपालद्वारा भुटानलाई ११४ रनको लक्ष्य

इरानविरुद्धको युद्ध रोक्न अमेरिकी तल्लो सदनमा प्रस्ताव पारित

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu