ललितपुर।
नगर प्रहरीले भोलि (बिहीबार) देखि फुटपाथ अतिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फुटपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल नराख्न आग्रह गर्दै माइकिङ गरेको र अटेर गरेर भोलि पसल राखे हटाइदिने उनले बताए ।
योसँगै नगर प्रहरीले भैँसीपाटीमा सडक अतिक्रमण गरी बनाइएका टहरा पनि बिहीबारदेखि नै हटाउँदै छ । १५-२० वर्षदेखि तरकारी बजार रहेको टहरा नगर प्रहरीले हटाउने भएको हो ।































प्रतिक्रिया