केन्द्रबिन्दु डेस्क । २६ असार, काठमाडौं
दुनियामा यस्ता थुप्रै घटनाहरु हुन्छन् जसलाई सुनेर हामी अचम्ममा पर्छौ । केही यस्ता घटनाहरु टान्सजेन्डरसँग जोडिने गरेका छन् । विश्वमा त्यस्ता थुप्रै अचम्मका पुरुष छन् जसको जन्म महिलाका रुपमा भएको थियो ।
तपाईलाई तस्विरमा हेर्दा पूरुषजस्तो देखिने अनुहार महिलाका रुपमा जन्मिएको थियो भन्दा अचम्म लाग्ला । तर टान्सजेन्डरको दुनियाँ नै यस्तै छ जहाँ थुप्रै पूरुष महिला बनेका छन् भने थुप्रै महिला पूरुष बनेका छन् । विश्वचर्चित फोटोग्राफरदेखी एडल्ट फिल्मका निर्देशक समेत टान्सजेन्डर छन् । खेलाडी, कालाकार लगायत थुप्रै यस्ता टान्सजेन्डर समाजमा स्थापित छन् ।
बक एंगल : एडल्ड फिल्म निर्देशक बक एंगल महिलाका रुपमा जन्मिएका थिए । १६ वर्षको उमेरमा उनलाई आफ्नो व्यवहार महिलाजस्तो नभएको पत्तो भयो । त्यसपछि उनले परिवार समक्ष आफ्नो कुरा राखे । तर परिवारले उनको पूरुष बन्ने इच्छाको प्रतिरोध गर्यो । फेरि पनि उनी पूरुष बनेरै छाडे र अहिले लेस्बियन, गे, बाइसेक्सुअल र टान्सजेन्डर समूदायमा आर्दशका रुपमा स्थापित छन् ।
बेलियन बुबाउम : सन् १९८० मा जन्मिएकी योन्ने बुशबाउम पोल भोल्टकी चर्चित खेलाडी हुन् । उनले सन् २००७ मा सन्यास घोषणा गरेकी थिइन् । सन्यासपछि उनी लिंग परिवर्तन गरेर पूरुष भइन् । अहिले उनको नाम फेरिएर बेलियन बुशबाउम बनेको छ ।
लौरेन रैक्स क्यामरुन : उनको जन्म पनि महिलाकै रुपमा भएको थियो । यि अमेरिकी फोटोग्राफर पछि पूरुष बने । उनले लिंग परिवर्तन गर्ने क्रममा भएको शारिरीक संक्रमणको विषयलाई लिएर वृत्तचित्र समेत तयार पारेका छन् ।
लेन हार्वी : लेन हार्वी एक चर्चित कमेरिडन हुन् । उनका कमेडीहरु टान्ससेक्सुअलमा आधारित छन् । उनी पनि महिलाकै रुपमा जन्मिएका थिए ।
लूकास सिल्वेरिया : सन् १९७९ मा क्यानेडामा जन्मिएका लूकास सिल्वेरिया पहिलो त्यस्तो व्यक्ति हुन्, जसले खुला रुपमा टान्ससेक्शुअल पूरुष बने । उनको एक चर्चित रक ब्यान्ड छ ।
कतस्टोफे : रौको कैयाटोस जसलाई कतस्टोफेको नामले चिनिन्छ । कतस्टोफे एक अमेरिकी हिपहप र्यापर तथा निर्माता हुन् । हिपहप गायकहरुको समूहमा उनी पहिलो टान्सजेन्डर हुन् ।
थोमस बिटाई : अन्तर्राष्टिय जगत्मै उनी आर्कषणका पात्र हुन् । जन्मले उनी महिला थिए । २५ वर्षको उमेरसम्म महिलाकै रुपमा बिताए । त्यसपछि लिंग परिवर्तन गरे । तर उनले त्यतिबेलासम्म पनि आफ्नो शरिरमा आमा बन्न सक्ने भागहरु परिवर्तन गरेनन् । तीनवटा बच्चा जन्माएर उनी पूर्ण रुपमा पूरुष बने ।
रेयान सेलेन्स : यिनको जन्म किन्बर्ली उन सेलेन्सका रुपमा भएको थियो । जन्मले यि महिला थिइन् । तर पछि लिगं परिवर्तन गरेर सन् २००५ पछि परुष बनिन् । अहिले उनी लेस्वियन, गे, बाइसेक्सुशल समूदायका वकिल छन् ।
आंडियार क्रिजर : उनी जर्मनीकी चर्चित महिला खेलाडी थिइन् । जर्मनीका तर्फबाट थुप्रै प्रतियोगिता समेत खेलिन् । तर बाल्यकालमा उनले एनाबाँलिक स्टेराइड्स लिएकी थिइन् । स्टेराइड्सको प्रभावस्वरुप उनको शरिरको मसल्स बढ्यो । उनको व्यवहारमा समेत परिवर्तन आयो । उनले सन् १९९० मा खेलकुदबाट सन्यास लिइन् र सन् १९९७ मा आफ्नो लिंग परिवर्तन गरिन् ।































प्रतिक्रिया