झापा : बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।
नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरेकी छिन् ।
प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरे भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरे ।































प्रतिक्रिया