चन्द्रमाको सतहमा पानी भेटियोदेखि दैलेखमा पेट्राेलियम पदार्थ अन्वेषण फागुनदेखि सम्म (भिडियो)

चन्द्रमाको सतहमा पानी भेटियोदेखि दैलेखमा पेट्राेलियम पदार्थ अन्वेषण फागुनदेखि सम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये दुर्गापक्षको मुख्य दिन विजयादशमीमा टीका लगाउन जान नभ्याएकाहरुले आज पनि आफन्त र मान्यजनहरुको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका छन् । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर रहनेछ ।

तिहारपछि सुरु गर्ने योजना रहेको दैलेखको पेट्राेलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम कोरोना भाइरसका कारण फागुनदेखि मात्र सुरु हुने भएको छ । दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखिएपछि हाल कुन स्थानबाट ड्रिल गर्ने भन्ने अध्ययनको प्रतिवेदन तयार भईसकेको बताईएको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । श्रेयस एयरको कप्तानी मैदान उत्रने दिल्ली सहज जितको खोजिमा हुनेछ भने यता डेविड वार्नरको कप्तानिमा मैदान उत्रने हैदराबादलाइ प्ले अफको सम्भावना कायम राख्न पनि जित्नै पर्ने दवाब रहेको छ ।

२०२४ सम्म चन्द्रमाको सतहमा मानिसलाई पुर्याई आगामी १ दशकभित्र स्थायी मानव उपस्थिति सुनिश्चित गर्ने नासाको लक्ष्य चाँडै पूरा हुने संकेत देखिएको छ । किनकी हालसालै सार्वजनिक भएको जानकारी अनुसार नासाले गरेको एक अध्ययनमा चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटिएको छ ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । तर कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान माग गरेपछि मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को विवाद कायमै रहेको छ । भिडियो :

 

Logo