एकैघरका २ बालक पोखरीमा डुबेर मृत्यु

एकैघरका २ बालक पोखरीमा डुबेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहा । नरहा गाउँपालिका–३ खोरियाका एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार गुलजार शेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिब सात सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । घरबाट दिउँसो हराएका उनीहरुको खोजतलासका क्रममा गर्ने क्रममा शव पोखरीमा मृत अवस्थामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार उनीहरु माछा मार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ ।

Logo