विराटनगर, ४ असार । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

महानगरसहित चारवटा स्थानीय तहमा माओवादी फोरम तालमेल

महानगरसहित चारवटा स्थानीय तहमा माओवादी फोरम तालमेल

केन्द्रबिन्दु
४ असार २०७४, आईतबार
0
Shares

विराटनगर, ४ असार । नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ ।

ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ ।

सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक, गोपी अछामीले जानकारी गराउनुभयो ।

सोहीअनुरुप, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उपप्रमुखमा नारायण ताजपुरियालाई सघाउने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।

त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उपप्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणिदेवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । उपप्रमुखका उम्मेदवारको छनोट केहीबेरमा हुने माओवादी केन्द्रका संयोजक अछामीले जानकारी गराउनुभयो ।

सो अवसरमा लिम्बुवान प्रदेशका सहइन्चार्य भुराज राईले यी पार्टीबीच चारवटा स्थानीय तहमा भएको सहमतिका साथै अन्य स्थानीय तहमा पनि सहमति हुनसक्ने सम्भावना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

भर्खर

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो

सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारको क्रममा मृत्यु

जातीय भेदभाव अन्त्यका लागि कानुन मात्र पर्याप्त हुँदैन, सोच रूपान्तरण आवश्यक छ -प्रधानमन्त्री शाह

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu