• सिवी अधिकारीकाठमाडौँ, २ असार । "/>
    • २१ जेष्ठ २०८३, बिहीबार
    Logo
    • Logo युनिकोड
    •  भिडियो
    • Logo
    • गृहपृष्‍ठ
    • बालेन सरकार
    • राजनीति
    • अर्थ संसार
    • लाइफ स्टाइल
    • विचार
    • विज्ञान प्रविधि
    • रंगीन संसार
    • ब्राण्ड
      • शिक्षा
      • वित्तिय
      • स्टार्टअप
      • अटो
      • ईभी
      • ग्याजेट
      • व्यक्तित्व
      • गन्तव्य
      • एप
    • खेलकुद
    • अन्य
      • साहित्य
      • विश्व
      • विचार/ब्लग
      • सफलताकाे कथा
      • समाज
      • सम्पादकीय
      • संस्कृति / सम्पदा
      • सिनेजगत
      • स्वास्थ्य
      • प्रवास
      • विज्ञान प्रविधि
      • -विचार/ब्लग

    केन्द्रबिन्दुसर्च गर्नुहोस्

    Logo
    • गृहपृष्‍ठ
    • बालेन सरकार
    • राजनीति
    • अर्थ संसार
    • न्युज
    • लाइफ स्टाइल
    • विचार/ब्लग
    • बेस्ट प्लस टु
    • विज्ञान प्रविधि
    • सिनेजगत
    • खेलकुद
    • सफलताकाे कथा
    • ब्राण्ड
      • शिक्षा
      • वित्तिय
      • स्टार्टअप
      • अटो
      • ईभी
      • ग्याजेट
      • व्यक्तित्व
      • गन्तव्य
      • एप
    • विक्ली ब्लो अप
    • अन्य
      • रंगीन संसार
      • निगरानी
      • न्युज
      • समाज
      • प्रवास
      • शिक्षा
      • ब्लग
      • केन्द्रबिन्दु संबाद
      • प्रवास
      • विज्ञान प्रविधि
      • -विचार/ब्लग

    यसकारण सक्रिय भएन मनसुन

    यसकारण सक्रिय भएन मनसुन

    केन्द्रबिन्दु
    २ असार २०७४, शुक्रबार
    0
    Shares

    • सिवी अधिकारी

      काठमाडौँ, २ असार । सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।

      गत जेठ २९ गते ९१२ जुन० बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन् ।

      मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

      “मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ, मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन” – उहाँले भन्नुभयो ।

      मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उहाँको भनाइ छ ।

      जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भए पनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्ने अनुमान गरेको छ ।

      नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ ।

      नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।

      मनसुन अरविक भाषा मौसिमबाट आएको हो । यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ ।

      मनसुनी सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गतिलिने क्रममा रहेकाले अब वर्षा हुनेहुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् ।

      मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ ।

      भारतमा सामान्यभन्दा अघि मनसुन आएको थियो । यहाँ ९नेपाल० पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ ।

      मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

      उहाँका अनुसार एक साताअघि बङ्गालको खाडीमा न्यूनचाँपीय क्षेत्र कडा भएकाले बढी पानी प¥यो जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पा¥यो । अझै दुई÷चार दिन फाटफुटबाहेक पर्याप्त वर्षा हुने नदेखिएको र काठमाडौँ उपत्यकामा अझै केही दिन अहिलेकै अवस्थामा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

      महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमारामा १०८, धनगढीमा ४६, पोखरामा ३६, ओखलढुङ्गामा १५, डडेल्धुरामा आठ, विराटनगरमा तीन र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम २० र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । रासस

    प्रतिक्रिया

    भर्खर

    डा. धवलशमशेर राणासहित १८३ नेता कार्यकर्ताले एकैपटक छाडे राप्रपा [सूचीसहित]

    झापामा हुरी र वर्षाले केराखेती नष्ट

    उत्तर कोरियाको आणविक दौड तीव्र

    कुशल भुर्तेलको शतकमा नेपालको विशाल योगफल, निरीह मलेसिया

    चिडियाखानामा ‘ट्रम्प’ भैँसी, हेर्नेहरुको भीड

    Logo
    Skip This
    Logo
    Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu