प्रदेश–२ को चुनाव सारिएकोमा अनेरास्ववियूको प्रदर्शन

प्रदेश–२ को चुनाव सारिएकोमा अनेरास्ववियूको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २ असार ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले प्रदेश नं–२ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनी मार्ग स्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आबद्ध विद्यार्थीले सरकारको उक्त निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्व्निर्धाति असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।

सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं–२ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताइन् ।

अभियानमा उक्त प्रदेशका सबै जिल्लामा चुनाव केन्द्रित सभा गरी स्थानीय जनतालाई बुझाइने अनेरास्ववियू स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo