टीकाको अवसरमा निशान र रिचाको नयाँ गीत सार्वजनिक (भिडियो)

टीकाको अवसरमा निशान र रिचाको नयाँ गीत सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक निशान भट्टराईले दशैंको टीकाको अवसर पारी आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । केहि समय अघि मात्र विवाह बन्धनमा बाधिएका निशानले ‘आउन अलि नजिक आउन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा निशान आफैं फिचर्ड छन् भने उनको अपोजिटमा उनकै श्रीमती रिचा न्यौपानेले साथ दिएकी छिन् ।

सुवास अधिकारीको शब्द रहेको गीतमा अंकित बाबु अधिकारीको कम्पोजिसन रहेको छ । त्यस्तै गीतको भिडियोमा अविन भो को निर्देशन रहेको छ भने भिडियोलाई नयन राईले खिचेका छन् ।

गीतलाई गायक स्वयको अफिसियल युट्युब च्यानल ‘निशान भट्टराइ’ मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा एक युवा र युवतीको २०७० देखि २०७७ साल सम्मको लभस्टोरीलाई दर्शाइएको छ ।

Skip This
Skip This
Logo