मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको ज्यान गएकाे हाे । शुक्रबार राति परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भीमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोहराको घटनास्थलमै मृत्यु हुँदा बोहराकी श्रीमती घाइते भएकी छन् । ३५ वर्षीया सीता बोहरा घाइते भएकी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । अहिले मृतककाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया