आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेकाे छ ।
शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेपछि श्रीमानलाई हत्या अभियोगमा पक्राउ गरिएकाे हाे ।
पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीृले पक्राउ गरेकाे हाे ।
बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।





























प्रतिक्रिया