दसैंको शुभकामना दिँदै चिनियाँ राजदूत होउ यान्छीले गाईन् ‘रेशम फिरिरि’

दसैंको शुभकामना दिँदै चिनियाँ राजदूत होउ यान्छीले गाईन् ‘रेशम फिरिरि’

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राजदूत होउ यान्छीले दसैंको अवसरमा ‘रेशम फिरिरि’ गीत गाएकी छन्।

दसैं टीकाको दिन राजदूत होउले काठमाडौंस्थित चिनियाँ दूतावास प्रागंणमा रेकर्ड गरिएको ‘रेशम फिरिरि’ गीत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन्।

मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस’, राजदूत होउले ट्वीटरमा भिडियो पोष्ट गर्दै भनेकी छन्, ‘सबैलाई बडा दसैंको शुभकामना।’

दुई मिनेट १८ सेकेण्डको भिडियोमा नेपालका हिमाल, संस्कृति लगायत पर्यटन गन्तव्यहरू देखाइएको छ।

Skip This
Skip This
Logo