‘कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनु पर्छ’ : नेता पोखरेल

‘कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनु पर्छ’ : नेता पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरलेले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनु पर्ने बताएका छन् ।  

राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनु पर्ने बताए।  

उनले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भने, “त्यसैले अब म आफैं कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनु पर्छ भनेर म वकालत गर्छु,” उनले भने, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुँदैन ।”

उनले पार्टीको  एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताए। “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनु पर्नेमा त्यस्तो देखिएन । हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ ।” उनले भने, “हाम्रो पार्टी राजनीतिक संगठन मात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।” युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले निर्वाचन घोषणा गरिसकेकाले युवा संघ निर्वाचन केन्द्रीत हुनु पर्ने बताए।  

बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई जिम्मेवारीमुक्त गरेको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।  

Skip This
Skip This
Logo