बाइडेन र मोदीबीच टेलिफोन सम्वाद

बाइडेन र मोदीबीच टेलिफोन सम्वाद

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो पटक टेलिफोन सम्वाद भएकाे छ । 

सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको नयाँदिल्ली र वासिङ्टनले जनाएका छन्।

कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए । 

अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ।

दुई नेताहरू म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्ने कुरामा पनि ‌एकमत भएको उल्लेख गरिएको छ। म्यानमार  गत साता सेनाले ‘कू’मार्फत् सत्ता हत्याएको छ। 

Logo