मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँछः मन्त्री अर्याल

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँछः मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छिन् । 

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको मुख्य आवश्यकता रहेको बताइन् । किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्नैपर्ने उनको भनाई छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले जानकारी दिइन् ।

मन्त्री अर्यालले भोली जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन् । किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उनको दाबी छ ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको तर्क छ । छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उनको भनाई छ । कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्नु चुनौती रहेको पनि बताइन् ।  

कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताइन् ।

Skip This
Skip This
Logo