मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी  स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार  निर्माण शुरु भएको छ । पहिलो चरणमा  खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ ।  पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ ।  

गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिए । मैदान निर्माणका लागि बागमती प्रदेश  सरकारले रु ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने जनाइएको छ ।    

Logo