नेपालमा आज १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना निको

नेपालमा आज १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना निको

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ जना पुगेको छ । आज १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५४ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ११ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार जनाको परीक्षण गरिएको छ।

Logo