भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो, न अस्पतालबाट शव उठ्यो

भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो, न अस्पतालबाट शव उठ्यो

केन्द्रबिन्दु
0
Shares

‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।  ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको कमान्ड सम्हालिरहेका छन् । उनले अबको केही समयभित्रै अपराधी सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको बताए । तर, ठ्याक्कै समय तोक्न सकिने अवस्था भने नरहेको सुवेदीको भनाइ छ ।      

भागरथीको बलात्कारपछि हत्या भएपछि घटनास्थलमा सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली खटिएको छ । खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यता जिल्ला सदरमुकाममा विद्यार्थीले शुक्रबार प्रशासन अगाडि थाली बजाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रशासन अगाडिको गढी बजारमा धर्ना बस्दै शुक्रबार थाली बजाएका हुन् ।  

यता भागरथीको शव नौ दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ । उनका हत्यारालाई सार्वजनिक नगर्दासम्म आफन्तले शव नउठाउने अड्डी कसेका छन् । एकातिर जिल्ला हुँदै देशका विभिन्न ठाउँमा आन्दोलन चर्किँदै गएको छ भने अर्कातिर उनको शव नउठाउँदा प्रहरी दबाबमा परेको छ ।  

प्रहरीले भने घटना भएदेखि कुनै कसर बाँकी नराखी अनुसन्धानमा खटिएकाले थप दबाब आवश्यक नभएको बताएको छ । ‘हामीले सुदूरपश्चिमभरिको पूरै जनशक्ति बैतडीमा केन्द्रित गरेका छौँ । प्रहरीले गर्ने काम रात–दिन नभनी गरिरहेको छ,’ डिआइजी सुवेदी भन्छन्, ‘प्रहरीले छिट्टै नै भागरथीका हत्यारा सार्वजनिक गर्नेछ । यो निर्मला प्रकरणजस्तो हुनेछैन ।’नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo