पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् । श्रीमतीसहित शुक्रबार बिहान दिल्ली उडेका खनाल शुक्रबार नै अपोलो अस्पतालमा पुगेका हुन् ।
नेता खनाललाई भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनाल दिल्लीको अपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सोही क्रममा शुक्रबार बिहान उनी दिल्ली उडेका हुन् । अन्नपूर्णबाट































प्रतिक्रिया