नेकपाको केपी ओली समूहले आज बुटवलमा आमसभा गर्दैछ । सो सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभालाई सम्बोधन गर्न ओली आज बुटवल जादैछन् ।
आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने नेकपाको दाबी छ । कार्यक्रम बुटवलको सिद्धेश्वरी मैदानमा हुने बताइएको छ ।
आमसभा दिउसो साढे १२ बजे शुरु हुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेल लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी गरिएको छ । बुटवलमा हुने आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने आयोजकको दाबी छ ।
आमसभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्रीले बुटवलमा निर्माणाधिन केवलकारको शिलान्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ ।





























प्रतिक्रिया