विराट सनातन धर्मसंस्कृति विधापिठको आठौं बार्षिक उत्सव सम्पन्न

विराट सनातन धर्मसंस्कृति विधापिठको आठौं बार्षिक उत्सव सम्पन्न

केन्द्रबिन्दु
0
Shares

विराट सनातन धर्मसंस्कृति विधापिठ गुरुकुलको आठौं बार्षिक उत्सव  सम्पन्न भएको छ । राजधानीको काभ्रेस्थलीमा रहेको यस गुरुकुलको आठौं बार्षिक उत्सव शनिबार सम्पन्न भएको हो ।

सो कार्यक्रमको अवसरमा गुरु तिर्थप्रसाद ढकालको कविता सङ्ग्रह “नीति ज्ञान ज्योति, को बिमोचन पनि गरिएको थियो । गुरु ढकालले उक्त पुस्तक बिक्रीबाट प्राप्त आर्थिक, आर्जित सम्पूर्ण रकम बिराट सनातन धर्म संस्कृति विधापिठ गुरुकुलमा अक्षयकोष जम्मा गर्ने घोषणा समेत गरे।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा गुरुकुलका बटुकहरुले वैदिक स्वस्ती वाचन गर्दा उपस्थित सबै नतमस्तक भएका थिए।

कार्यक्रममा तारकेश्वर नगरप्रमुख रामेश्वर बोहोराले विद्यालयलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । उनले गुरुकुलको भौतिक विकासका निम्ति अझ धेरै सहयोगको खाँचो रहेको बताए ।

उनले अक्षय कोष स्थापना गरेर मन्दिर निर्माण, अतिथी गृह लगायतका कार्यमा योगदान दिन जरुरी रहेको औल्याउँदै कोषका निम्ति आफ्नो व्यक्तिगत तर्फबाट नगद एक लाख दिने घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo