कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।
आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिइन् । त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाइ छ ।
त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्रअनुसार नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ । अदालतका न्यायाधिस र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचयपत्रअनुसार प्रदान गरिने भ्याक्सिन कोअर्डिनेटर प्रजापतीको भनाइ छ । आइतबार पाँचसय जनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताइन् ।





























प्रतिक्रिया