साताको दोस्रो दिन सोमबार नेप्से ७१ अंकले उकालो लागेको छ । कारोबारको सुरुवातमै नेप्से उकालो लागेको हो । अहिले सम्ममा नेप्से ७१.३३ अंकले बढेर २५ सय ६४.९३ को विन्दुमा पुगेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ३३.३३ अंकले घटेको थियो । आइतबार सेयर बजार २५ सय अंकभन्दा तल हुँदै २४ सय ९३.५९ अंकमा पुगेर बन्द भएको थियो ।
सेयर बजारमा आइतबारबाट कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको थियो । बजारमा कम्पनीको सेयर ३४० रुपैयाँबाट कारोबार सुरु भएको थियो ।
आइतबार सेयर बजारमा म्याचुअल फण्डबाहेक सबै उपसूचक घटेका थिए । बजार घटे पनि कारोबार रकममा भने कमी आएको थिएन । आइतबार दिनभरीमा ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार कुल २०२ कम्पनीको सेयर कारोबार भएको हो ।
जीवन बीमा सूचक २३३ अंकले घटेको थियो भने निर्जीवन बीमा ७७ अंकले गिरावट आएको थियो ।





























प्रतिक्रिया