नयाँ कोरोना भाइरस : विश्वमा ठूलो समस्या ल्याउन सक्ने सम्भावनाप्रति चिन्ता

नयाँ कोरोना भाइरस : विश्वमा ठूलो समस्या ल्याउन सक्ने सम्भावनाप्रति चिन्ता

केन्द्रबिन्दु
0
Shares

बेलायतको दक्षिण–पूर्वी भागमा पहिलोपटक देखापरेको कोरोना भाइरसको विकसित नयाँ रूपले विश्वमै अत्यन्तै ठूलो समस्या निम्त्याउन सक्ने बेलायतको अनुवांशिक सुपरीवेक्षण कार्यक्रमका अध्यक्षले बताएका छन् ।

यो नयाँ कोरोना भाइरस अहिले सम्पूर्ण विश्वकै चिन्ताको विषय बनिसकेको छ । ‘गार्डेन अफ इंग्ल्यान्ड’ को उपनामले पनि चिनिने केन्ट शहरमा गत सेप्टेम्बरमा पहिलोपटक यो भाइरस फेला परेको हो । केन्ट राजधानी लन्डन नजिकै रहेकाले यात्रुहरूमा यो छिटै सर्ने सम्भावना देखिएको थियो ।  

‘बि.१.१.७.’ नाम दिइएको यो भाइरस अहिले विश्वका ५० वटाभन्दा बढी मुलुकमा फैलिसकेको छ । बेलायत कोरोना भाइरसप्रति निकै सजग मुलुक हो । त्यहाँ क्वारेन्टाइन उल्लंघन गर्नेहरूलाई अधिकतम जनही दस वर्ष लामो कारावास सजायसम्मको व्यवस्था गरिएको छ । यही भाइरसका कारण बेलायत पुनः नयाँ लकडाउन लगाउन बाध्य भएको छ ।विशेषज्ञहरूले यो नयाँ स्वरूपको भाइरस सत्तरी प्रतिशत बढी संक्रमित हुने र करिब तीस प्रतिशत बढी प्राणघातक रहेको बताएकाले पनि अहिले विश्व त्रसित रहेको छ ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ लाख १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने झन्डै ४० लाख भन्दा बढी संक्रमित रहेका छन् । यसैगरी, विश्वमा यस महामारीको कारण २३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।एजेन्सी

Skip This
Skip This
Logo