नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद पुनर्स्थापित हुनेमा आफू विश्वस्त भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज चितवनमा आयोजित विरोधसभामा बेल्दै थापाले पुनर्स्थापित संसदले मात्रै देशलाई चुनावमा लैजाने बताए ।
उनले अहिले कांग्रेसको मुख्य काम प्रतिनिधिसभा विघटनविरुद्धको असंवैधानिक कामको विरोध गर्ने र त्यसलाई सच्याउन लगाउने रहेको पनि बताएका छन् ।
यस्तै नेता थापाले प्रधानमन्त्री केपी ओलीले पशुपति र रामको नाममा जनतामा भ्रम बाँडिरहेको पनि बताएका छन् ।
बैशाखमा हुने भनिएको चुनाव सम्पन्न नहुने उनको दावी छ । ओलीले चुनावको नाटक मात्रै गरिरहेको थापाले आरोप लगाए ।































प्रतिक्रिया