बलिउड गायिका नेहा कक्करको विवाह धुमधामसँग सम्पन्न

बलिउड गायिका नेहा कक्करको विवाह धुमधामसँग सम्पन्न

केन्द्रबिन्दु
0
Shares

दिल्ली ।

बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए ।

केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि  बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको थियो ।

उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ ।

एक दिन अघिमात्र नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् ।

बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको परिवारले कुनै कसर बाँकी राखेको छैन ।

रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ ।

नेहाको नाम यस अघि गायक आदित्य नारायणसँग पनि जोडिएको थियो । तर त्यो टेलिभिजनको टीआरपी स्टन्ट भएको प्रमाणित भएपछि दुवै रिलेसनसीपमा नभएको बताइएको थियो ।

Skip This
Skip This
Logo