राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

ती प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ रु ५० हजार, द्वितीयतर्फ रु ४० हजार र तृतीयतर्फ रु ३० हजार र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा उपाध्यायले बताए । कार्यक्रमको नेपाल एकेडेमी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिए ।  

Skip This
Skip This
Logo