इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा वुल्भ्सविजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको दोस्रो हाफमा इलान मेस्लिएरले गरेको आत्मघाती गोल नै वुल्भ्सको जितमा निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा एडमा ट्राओरेको प्रहारलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ स्थानमा रहँदा लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा छ ।































प्रतिक्रिया