सत्ता स्वार्थका लागि संविधान हतियार मात्र भयो : अध्यक्ष लोहनी

सत्ता स्वार्थका लागि संविधान हतियार मात्र भयो : अध्यक्ष लोहनी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएसँगै आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने मान्यता गलत साबित भएको बताएका छन् ।

शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लोहनीले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भनी चिन्ता व्यक्त गर्दै उनले नारामा जनताको हितको नारा लगाइए पनि सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको बताए । 

‘भनाइमा राष्ट्रियताको कुरा छ, तर गराइ लम्पसारवादउन्मुख छ । भनाइ भ्रष्टाचार विरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्नेछ । नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागवण्डा हावी छ,’ अध्यक्ष लोहनीले भने, ‘संविधान संरक्षणको आदर्श छाँटिन्छ, तर ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएका छन् ।’

संविधानमा कतै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्था विघटन गरी राजनीतिक रुपमा बन्धक मुलुक सर्वोच्चको फैसलापश्चात् मुक्त हुने उनले बताए ।

Skip This
Skip This
Logo