भृकुटीमण्डपको खुल्ला बजार सुनसान

भृकुटीमण्डपको खुल्ला बजार सुनसान

केन्द्रबिन्दु
0
Shares

दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन् ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मूख्य बजार हो । तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन् । व्यापारीहरुले ग्राहक नआउँदा दुई तीनदिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् ।

कोभिड १९ संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ । खासगरी निम्न वर्गहरु यसबाट अझबढी प्रभावित भएका छन् । त्यसैले पनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् ।

भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ । दशैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्ष भन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाई छ ।

Skip This
Skip This
Logo