पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना भएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको र आज दिनभर उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उनले बताए।
नेपाल वायुसेवाको विमानबाट आइतबार स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँदिल्ली गएका थिए। भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। उपचारका क्रममा चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन्।
उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत उनले बताएका थिए । दिल्लीमा रहँदा भट्टराई नेपाली दूतावासमा बसेका छन्। भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे गएका छन्।































प्रतिक्रिया