नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी समिति बैठक आज जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि ओली समूहले आफ्नो पक्षका स्थायी समिति सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएको थियो।
प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटनपछि आज ओली पक्षको स्थायी समिति बैठक पहिलो पटक बसेको हो ।
नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु ओली पक्षमा छन्।































प्रतिक्रिया