आज ५ सयले घट्यो सुनको मूल्य

आज ५ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुन आज ५ सयले घटेको हो ।

यस हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo