केही महिना अघी फोक्सोको क्यान्सर भएको पत्ता लागेका सञ्जय दत्तले क्यान्सर जितेका छन् । दत्तले यसबारे आफैँले सामाजिक सञ्जालमा क्यान्सरको लडाइमा आफूले जित हासिल गरेको उल्लेख गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा पछिल्लो समय परिवारका लागि कठिन भए पनि आफूले रोगलाई हराएपछि सबै कुरा ठिक हुँदै आएकोसमेत उनले उल्लेख गरेका छन् ।
उनी लेख्छन्, ‘भनिन्छ नि भगवानले आफ्नो बलियो योद्धालाई निकै गाह्रो लडाइँ दिन्छ । आज म मेरा छोराछोरीको जन्मदिनको अवसरमा यो लडाइँबाट विजयी भएको छु । र, उनीहरूलाई उपहार दिन सफल भएको छु’ ।
उनले यो लडाइँमा साथ दिने परिवार, साथीहरू र सबै फ्यानहरूप्रति आभार प्रकट गरेका छन् ।





























प्रतिक्रिया