साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ । आइतबार ५ सयले घटेको सुन सोमबार ४ सयले बढेको हो ।
गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भएको थियो ।
आज छापावाल सुन ८८ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८८ हजार २५० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने आज प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ३० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया