सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले पुनरागमन जीत निकालेको छ । मंगलबार भएको खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलले पछि परे पनि मध्यपुरले पुनरागमन गर्दै जीत निकालेको हो । मध्यपुरको जीतमा कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरे ।
श्री कुमारीका आशिष राईले एक गोल गरे । खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा कैलाशले गोल गर्दै मध्यपुरलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ४८ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई २–१ को जीत दिलाए । यससँगै मध्यपुरले लिगमा दोस्रो जीत आत्मसात गरेको छ । जीतसँगै मध्यपुरले ८ खेलमा ७ अंक जोडेको छ । मध्यपुर लिगको नवौं स्थानमा उक्लिएको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।































प्रतिक्रिया