नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले वैज्ञानिक वन व्यवस्थापन खारेज नगर्नको लागि काठ व्यवसायीबाट एक अर्व रुपैयाँको अफर आएको भन्ने वनमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको नजाएको छ ।
बुधबार महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले एक विज्ञप्ति जारी गर्दै घूस दिन खोज्ने व्यवसायीको नाम सार्वजनिक गर्न मन्त्रीलाई आग्रह गरे । त्यस्तै उनले घूस दिने व्यक्तिलाई कडा कारबाही गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यदी कसैले त्यस्तो लेनदेनको कुराहरू गरेको छ भने निजहरुको नाम सार्वजनिक गर्न अनुरोध गर्दै नियमानुसार कडाभन्दा कडा कारबाहीको लागि यस महासंघ जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विद्यमान कानुनको परिधिभित्र रहेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने महासंघको रहेकाले वनको संरक्षण, व्यस्थापन र उत्पादन गर्दै देशमा वन पैदावारका आपूर्ति व्यस्था सहज बनाउन लागिरहेको महासंघको भनाइ छ ।
मंगलबार काठमाडौँमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको दावी गरेका थिए।































प्रतिक्रिया