सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर’ बजारमा (भिडियोसहित)

सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली लोकगीत संगीतको बजारमा दिनै जसो नयाँ नयाँ लोकदोहोरी गीतहरु आइरहेका छन् ।  

पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जसो गीतहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोकदोहोरी कोशेली 'शितल दिने कर्के नजर' बजारमा आएको छ ।

गीतको लोक लय, शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्म्सले गरेको हो । निर्देशन मिलन श्रेष्ठ र मुकेश हुमागाईंको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराँती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न यो गीतले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताइन् ।  गीत डीएआर मुभिज एण्ड फिल्म्स प्रा लिको आधिकारिक च्यानलमार्फत डिजिटल बजारमा आएको छ। भिडियो :

 

Skip This
Skip This
Logo