न्यूजिल्याण्डमा शुक्रबार बिहान ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सो लगत्तै लगातार तीन वटा शक्तिशाली धक्का गएको बताइएको छ ।
तीन धक्का मध्ये एउटा ७ दशमलब ४ र अर्को ७ दशमलब २ म्याग्निच्युडका धक्का थिए । जिस्बन सहरबाट करिब १ सय ७८ किलोमिटरको दूरीमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको थियो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार नजिकैका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान भनिएको छ ।
भूकम्पको १२ घण्टापछि सुनामीको चेतावनी दिइएको हो । भूकम्पले गर्दा कतिपय स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ ।
विशेषगरी उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना बढी रहेको भन्दै पूर्वतयारी समेत गरिएको छ । समुद्रको केही भागमा भने भूकम्पका कारण पानीको सतह बढेको बताइएको छ ।एजेन्सी





























प्रतिक्रिया