नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफूहरुलाई विपक्षमा बस्ने म्याण्डेड भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उल्लेख गरे । विपक्षी दलको नेता भावी प्रधानमन्त्रीको रुपमा रहने भएपनि आफूलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उनको भनाइ छ ।
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि सरकार गठनको दौडधुप चलेको छ । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन । सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।































प्रतिक्रिया