कोभिड खोप वितरणलाई रोक्दैनौंः अर्थमन्त्री पौडेल

कोभिड खोप वितरणलाई रोक्दैनौंः अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । 

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे । 

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए । उनले भने – ‘विद्युतको डिमान्ड शुल्क बारे हामीले एउटा निर्णय गर्‍यौँ । उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍यौँ । पछि होटल तथा टुरिजम सेक्टरको पनि डिमान्ड  शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।

Skip This
Skip This
Logo