धादिङमा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

धादिङमा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।  

रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ। 

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ।

दुर्घटनामा मृत्यु

झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का  ३८ वर्षीय राजेन्द्र देवान छन् । 
 
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा सोही स्कुटीको पछाडि सवार चुलाचुली–४ का ४० वर्षीय पूर्ण राई घाइते भई बिर्तामोडस्थित बिएडसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि बस चालक झापा, अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीका ४० वर्षीय मानबहादुर पुरी तथा बस र स्कुटर इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।रासस

Skip This
Skip This
Logo