कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

कोभिडको महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

यस्तै बोर्डले २०७७ सालको एसइई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु हुने तालिका सार्वजनिक गरेको छ । 

बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

Skip This
Skip This
Logo