ललितपुर मेयर कप टी–२० महिला क्रिकेट चैतमा

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट चैतमा

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । 

सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउनेछ । 

टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।

Skip This
Skip This
Logo