कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

कर्णाली राजमार्गमा माईक्रोबस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

केन्द्रबिन्दु
0
Shares

बिहीबार विहान ११ बजे कर्णाली राजमार्गको टुईकुनामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोट घर भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही भएको प्रहरी चौकी पाल्तडाले जनाएको छ । 

गम्भिर घाइते ७ जनालाई उपचारको लागि सुर्खेत पठाइएको छ भने ३ जनाको स्थानीय मेडिकल रामघाटमा उपचार भइरहेको छ । 

राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा माईक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

दुर्घटना परि घाइते १० जना मध्ये ७ जना गम्भिर अवस्थाका घाइतेलाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयबासी नैनबहादुर शाहीले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ । 

Skip This
Skip This
Logo