घट्यो सुनको मूल्य, आज कति ?

घट्यो सुनको मूल्य, आज कति ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सयले घटेको हो ।

साताको पहिलो दिन आइतबार तोलामा ५०० ले वृद्धि भएको थियो । सोमबार भने १ सयले बढेको थियो। मंगलबार ६ सयले घटेको सुन, बुधबार ६ सयले बढेको थियो । त्यस्तै बिहीबार पनि ६ सयले नै मूल्य बढेको थियो । 

अघिल्लो साता लगातार उतारचढाव भएको सुनको मूल्य आज ६ सय रुपैंयाले घट्दा छापावाला सुन प्रतितोला ८६ हजार ८ सय मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आजका लागि ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य भने आज १५ रुपैंयाँले घटेको छ। चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo