बालिका बलात्कार अभियोगमा ४ पक्राउ, एकजना फरार

बालिका बलात्कार अभियोगमा ४ पक्राउ, एकजना फरार

केन्द्रबिन्दु
0
Shares

१४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । पर्शुराम नगरपालिका-५ वसकोईरा बस्ने २८ वर्षीय बलबहादुर पुनमगर समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बलबहादुर समेत ५ जनाले ती बालिकालाई ५/६ महिना अगाडिदेखि ललाई फकाई विभिन्न प्रलोभन देखाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २४ वर्षीय डम्फु सिजालीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo