आज देशका पहाडी क्षेत्रमा मौसम बदली भइ मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। विशेषगरी धादिङ, गोरखा, ओखलढुङ्गालगायत केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का पानी पर्ने जनाइएको छ।





























प्रतिक्रिया